असहयोग गरेको भन्दै कांग्रेसबाट पाँच जना निष्कासित, को–को हुन् ?


 


गोरखा, असार २५

स्थानीय तह निर्वाचनमा असहयोग गरेको भन्दै कांग्रेसको जिल्ला अनुशासन समितिले गाउँ तहका पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ ।

समिति संयोजक नन्दप्रसाद न्यौपानेका अनुसार सहिद लखन र सुलिकोट याउँपालिकाका क्रमश श्यामकाजी काप्री, ठाकुर भट्ट भीमसेन गाउँपालिकाका इमानसिंह तामाङ, टीकाप्रसाद अम्गाई र वेदप्रसाद लामिछानेलाई अनुशासनको कारबाही गरिएको कांग्रेसले जनाएको छ ।

तामाङ, अम्गाई र लामिछाने अर्को पार्टीबाट र काप्री बागी उम्मेदवार उठेको उजुरी जिल्ला कार्यसमितिमा परेकाे थियाे । आजको कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: २५ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्