७० प्रतिशत विशेषज्ञ चिकित्सक परीक्षामा फेल ?

काठमाडौं – नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिब ७० प्रतिशत डाक्टर फेल भएका छन् ।
चिकित्सक शिक्षामा आधारभुत शैक्षिक कार्यक्रम पुरा गरी एमडी एमएस एमडीएसको विषयमा तीनबर्षे विशेषज्ञ हासिल गरेका २ सय ३७ मध्ये करिव ७० प्रतिशतले आफ्नो क्षमता सिद्ध गर्न सकेनन् ।
अघिल्लो पटक काउन्सिलले लिएको विशेषज्ञ तिकित्सक दर्ता परीक्षामा करिव ३० प्रतिशत फेल भएका थिए । अाजकाे कान्तिपुरमा खबर छ ।
प्रकाशित मिति: २६ असार २०७४, सोमबार