कहिले हुन्छ संविधान संशोधनको छिनोफानो ? यस्तो हुँदैछ तयारी


 


काठमाडौं, असार २६

सत्तारुढ काग्रेस–माओवादी केन्द्रले विचाराधिन संविधान संसोधन प्रस्ताव संसदमा यसै साता निणयार्थ प्रस्तुत गर्ने तयारी गरेका छन् ।

संविधान संशोधनमा सहमत एकचरण छलफल गरी असारको अन्तिम साता नै संसदमा प्रस्ताव निणयार्थ प्रस्तुत गर्न कांग्रेस–माओवादी सहमत भएका छन् । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुई तीन दिन भित्रै संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्न सहमत देखिनुभएकाे छलफलमा सहभागी काग्रेस नेता वालकृष्ण खाँणले जानकारी दिनुभयो ।

‘संविधान संशोधन प्रस्तावलाई अव संसदमा कसरी निर्णयार्थ प्रस्तुत गर्ने भन्ने विषयमा केन्द्रीत रहेर प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष वीच छलफल भयो,’ काग्रेस नेता खाँणले अन्नपूर्ण सँग भन्नुभयो, ‘पहिला संशोधनमा सहमत दलसँग पूनः एकचरण छलफल गर्ने र तत्कालै संसदमा प्रस्ताव निर्णयार्थ  प्रस्तुत गर्ने तयारीमा सत्तारुढ दल छ ।’

प्रकाशित मिति: २६ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्