कबाडी बने सिंहदरबार भित्रका महंगा कार




काठमाडौं, असार २६
राजपरिवारका पूर्वसदस्य, पूर्वप्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तिले प्रयोग गरेका महँगा मोटर सरकारी कार्यालयमा थन्किएका छन् ।

विभिन्न मन्त्रालयमा थन्क्याइएका मर्सिडिजसहितका करिब दुई दर्जन मोटर हालकै अवस्थामा सञ्चालनमा ल्याउन सकिने अवस्था छन् ।

अन्य सवारी साधन भने मर्मत गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा भए पनि त्यसतर्फ कसैले चासो दिएको देखिदैन ।

बरु, नयाँ सवारी खरिदमा ध्यान गएको पाइन्छ ।

अहिले राष्ट्रपतिको सवारी चलाउन राष्ट्रपति कार्यालयले सरकारसँग नयाँ गाडी किन्न प्रस्ताव गरेको विषयलाई एउटा उदाहरणका रुपमा लिन सकिन्छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News