तिनाउ खोलाले जीप बगायो, चार जना बेपत्ता


 



पाल्पा, असार २६
केही दिनदेखिको लगातारको वर्षासंगै अाएको बाढीले पाल्पामा जीप बगाउँदा चार जना बेपता भएका छन् । पाल्पाको माथागढी –३ सराई स्थित तिनाउ खोलामा आएको बाढीले विहेको जीप बगाउँदा चार जना बेपत्ता भएका हुन् ।

विहेको भोज खाएर फर्किदै गरेको लु १ ज १२१७ नम्बरको जीपलाई तिनाउ खोलामा आएको बाढीले राति १२ बजेको समयमा बगाएको प्रहरीले जनाएको छ ।

जीप बगाउँदा तानसेन– १ की २९ बर्षीया उसा श्रेष्ठ, माथागढी १ का ४० वर्षीय तिलबीर गाहा, उनकी श्रीमती माया गाहा, ४० वर्षीय पदमबहादुर कँवर मगर बेपत्ता भएको पाल्पा जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा बेपत्ता हुनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २६ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्