नेविसंघका पूर्व उपाध्यक्ष शाह २ करोड ठगी आरोपमा पक्राउ


 



काठमाडौं, असार २६
नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाह २ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले बुधबार शाहसहित चार जनालाई पक्राउ गरेको हो ।

१ करोड ९७ लाख रुपैयाँ उठाएर फरार भएको भन्दै उजुरी परेपछि अनुसन्धानका लागि शाहसहितका चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जापान र अमेरिका पठाइदिन्छौं भनेर ठगेको उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाका एसएसपी प्रकाशजंग कार्कीले जानकारी दिए । उनलाई १५ दिन थुनामा राख्न अनुमति दिइएको छ ।

प्रहरीका अनुसार जापान जान १० लाख र अमेरिका जान २० लाख लाग्ने भन्दै शाहले पैसा उठाएको आरोप छ । ठगी भएका अधिकांश युवायुवती सल्यानका छन् । पक्राउ परेका शाह पनि सल्यानकै हुन् ।

प्रकाशित मिति: २६ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्