धरानको मेयर बने एमालेका तारा सुब्बा, उपमेयरमा मञ्जु


 


धरान, असार २७
सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका तारा सुब्बा विजयी भएका छन् । मध्यराति आएको अन्तिममा मतपरिणामअनुसार उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिलक राई भन्दा साढे ४ हजार बढी मत ल्याएर विजयी भए ।

उनले २० हजार ९ सय ७५ मत ल्याए भने कांग्रेसका राईले १६ हजार १०२ मत प्राप्त गरे । उपमेयरमा पनि एमालेकै मञ्जु भण्डारी विजयी भइन् । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै श्यामा रेग्मी भन्दा ६ हजार बढी मतले विजयी भइन् ।

उनले २१ हजार २ सय ५६ मत ल्याइन् भने कांग्रेसकी श्यामा रेग्मीले १४ हजार ९ सय १७ मत मात्रै प्राप्त गरिन् । उपमहानगरको २० मध्ये १४ वडा एमालेले जितको छ भने ५ मा कांग्रेस र एकमा माओवादी केन्द्र विजयी भएको छ ।

प्रकाशित मिति: २७ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्