१६ करोडको गाडी खरिदबारे संसदमा र्‍याखर्‍याखती !


 



काठमाडौं, असार २७

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गर्ने प्रस्ताव नआएको बताउनुभएको छ ।

व्यवस्थापिका संसद्मा विनियोजन विधेयकका मन्त्रालयगत खर्च शीर्षकमा भएको छलफलका क्रममा यस विषयमा जवाफ माग भएपछि प्रधानमन्त्री देउवाले यसरी स्पष्ट पार्नुभएको हो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीसँग जवाफ माग गर्नुभएको थियो ।

राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गरिँदै छ भन्ने कुरा के हो ?

सांसद सुवालले भन्नुभयो,राष्ट्रपतिलाई १६ करोड, प्रधानमन्त्रीलाई १५ करोड र मन्त्रीहरूलाई १४ करोडको गाडी खरिद गर्दा मुलुकको अर्थतन्त्रले कसरी धान्न सक्छ ?   आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रकाशित मिति: २७ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्