मुख्यसचिव बन्न दौडधुप, को–को छन् लाइनमा ?


 


काठमाडौं, असार २७

आफ्नो एकवर्षे पदावधि बाँकी रहँदै मुख्य सचिव सोमलाल सुवेदी एसयाली विकास बैंक (एडिबी)को वैकल्पिक कार्यकारी निर्देशकका रुपमा जाने भएपछि उनको ठाउँ लिन सचिवहरुको दोडधुप सुरु भएको छ ।

सुवेदी एडिबीको वैकल्पिक निर्देशकका रुपमा साउन १ गतेखि कार्याभार सम्हाल्न फिलिपिन्सको मनिलाथित एडिबी मुख्यालय मनिला जाने भएका छन् ।

मुख्य सचिवका रुपमा उनको कार्यकाल १९ साउन २०७५ सम्म थियो । आजको नागरिक दैनिकमा खबर छ ।

भावी मुख्यचिवमका रुपमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव धनबहादुर तामाङ, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, अर्थसचिव शान्तराज सुवेदी, शिक्षाविद् शान्तबहादुर श्रेष्ठ, उपराष्ट्रपति कार्यालयका सचिव नारायणगोपाल मलेगो, बाणिज्य सचिव ईन्द्रप्रसाद उपाध्या, गृहसचिव लोकदर्शन रेग्मी र पर्यटन सचिव शंकर अधिकारी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: २७ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्