बाढीपीडितको बिचल्लीः चिउरा र धमिलो पानीको भर


 


काठमाडौं, असार २७

आँगनमा अझै पनि डेढ फिटजति पानी छ । भान्छा पनि हिलाम्मे , बाढीको पानीले ट्युबेल पनि डुबानमै । सप्तरीको भेडियाका फागु खंगको घरको अवस्था हो यो ।

बाढी आएको १० दिन भयो, घरमा चुलो बलेको छैन । राहतमा पाएको भुजा–चिउराको भरमा चार बालबालिकासहित १० जनाको परिवारले दिन काटिरहेको छ ।

बस्तीको तल्लो भेगमा घर रहेका कतिपय बाढीपीडित परिवारको अवस्था फागुको जस्तै छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: २७ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्