संविधान संशोधनमा राप्रपाले राख्यो यस्तो शर्त


 



काठमाडौं, असार २७
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख प्रतिपक्षी एमालेबिना सरकारले संसदमा संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेस गरे आफू सहभागी नहुने संकेत गरेको छ ।

राप्रपाले एमालेबिना दुईतिहाइ पुगेर संशोधन भए पनि कार्यान्वयन गर्न जटिल हुने भन्दै ‘कर्मकाण्डी’ कार्यमा भाग नलिने संकेत गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

राप्रपा अध्यक्ष कमल थापाले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा एमालेविना प्रक्रियामा लगिने संशोधन प्रस्तावमा आफ्नो पार्टी सहभागी नहुने जनाउ दिएको निकट नेताहरूलाई बताएका छन् ।

थापाले सोमबार पार्टीका सांसदहरूसँग संविधान संशोधनबारे छलफल गरेका थिए । महामन्त्री जयन्त चन्द नेतृत्वको वार्ता टोलीका सदस्य दिलनाथ गिरीले प्रतिपक्षी एमालेलाई विश्वासमा नराखी गरिने संशोधन ‘कर्मकाण्डी’ हुने बताए । राप्रपाले नयाँ शर्त राखेपछि संविधान संशोधन कार्य फेरि अन्योलमा परेको छ ।

प्रकाशित मिति: २७ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्