अरुको ज्यान बचाउन खोलामा पसेका प्रहरीले अाफ्नै ज्यान फाले


 


पोखरा, असार २८

फेवातालमा आउने पानीको मुख्य स्रोत हर्पन खोलामा सोमबार डुबेरका व्यक्ति बचाउन गएका प्रहरीजवान बलबहादुर थापाको मृत्यु भएको छ ।

उद्धारका क्रममा डुबेका व्यक्तिको जिउ देखेपछि थापा खोलामा पसेका थिए । सोमबार हर्पन खोलामा पोखरा ३ नदीपुरका ललित पुन र इन्द्र पुन डुबेर बेपत्ता भएका थिए । मंगलबार उनीहरु दुवै मृत भेटिएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: २८ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्