मतदाता नामावली संकलन बिदाको दिन पनि



राजविराज, साउन ३

निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, सप्तरीले फोटोसहितको मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरुको संकलन कार्य सुरु गरेको छ ।

सो कार्यको पहिलो दिन आइतबार १०० जना र आज दोस्रो दिन १०४ जना महिला, पुरुष गरी २०४ जना छुटेका व्यक्तिहरुको नाम दर्ता गराइएको जिल्ला निर्वाचन कार्यालय, सप्तरीका प्रमुख महेशकुमार ठाकुरले जानकारी दिनुभयो ।

यो कार्य साउन १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय सप्तरीमा कुनैपनि विदाका दिन पनि कार्यालय समयभन्दा एक घण्टा अगाडि र एक घण्टा पछाडि अर्थात् शुक्रबारबाहेक अरु दिन पनि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रमुख ठाकुरले बताउनुभयो ।

यसका लागि कार्यालयमा दुईजना कम्प्युटर अपरेटरसमेत खटाइएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News