भोजपुर-श्यामशिला यातायात सुचारु



भोजपुर, साउन ५

भोजपुर–लेगुवा सडकखण्डअन्तर्गत श्यामशिलादेखि भोजपुर बसपार्कसम्म तत्काल नियमित यातायात सुचारु भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले स्काभेटर सन्चालन गरेर भएपनि सवारीसाधन तत्कालका लागी नियमित सुचारु गर्ने निर्णय गरेसँगै आजदेखि यातायात सुचारु भएको हो ।

बस र ट्याक्सी सञ्चालन गरिएपनि मालबाहक सवारीसाधन सञ्चालनमा भने रोक लगाइएको छ । खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको आपूर्तिका लागि भने श्यामशिलादेखि आम्तेक हुँदै भोजपुर बसपार्कसम्म वैकल्पिक बाटो प्रयोग गर्ने निर्णय भएको छ ।

मुख्य सडक वर्षा लागेसँगै हिलाम्मे हुँदा जिल्ला बाहिर जाने र भित्रिने यात्रु मारमा परेका छन् । सदरमुकामदेखि भोजपुरको तिवारीभञ्जाङसम्म करिब ३० किलोमिटर बाटो हिलाम्मे भएपछि विगतमा केही समय सवारीसाधन चल्न सकेको थिएन । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News