सिंहदरबारमै दुई सचिवले देखाए रमिता


 


काठमाडौं, साउन ६

व्यवस्थापिका संसदको विकास समितिको वैठकमा शिक्षा मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवबीच चर्काचर्की परेको छ ।

चर्काचर्की परिरहँदा समितिका सभापति रवीन्द्र अभिकारी पटक पटक सम्झाउँदै थिए । विकास समितिमा पक्ष प्रतिपक्ष हुँदैन सभापति अधिकारीले यसो भनिरहँदा दुई मन्त्रालयका अधिकारीबीच आरोप प्रत्यारोप चलेको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

यतिसम्म कि स्थानीय विकास सचिव दिनेशकुमार थपलियाले आफूले शिक्षा नजानेको बताएपछि शिक्षा मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद गौतमले आफू संघीयता नजानेको भनेर भनेका थिए । दुई सचिवबीच चर्काचर्की निकै बेर चलेको थियो ।

 

प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्