भूकम्पपीडितलाई निःशुल्क घरनक्सा पास



धनकुटा, धनकुटा ६

धनकुटा नगरपालिकाको पहिलो बैठकले भूकम्पपीडितलाई घर बनाउँदा नक्सा बनाउन लाग्ने शुल्क मिनाहा हुने निर्णय गरेको छ ।

भूकम्पपीडितले घर बनाउँदा नक्सा पास बापतको तिर्नुपर्ने रकम नलिने निर्णय गरेको धनकुटा नगरपालिकाको पहिलो बैठकको अध्यक्षतामा प्रमुख चिन्तन तामाङले गर्नु भएको थियो । भूकम्पपीडतले घरनक्सा बापतको तिर्नुपर्ने न्यूनतम शुल्क रु १० हजारदेखि रु ४० हजारसम्म रकम छुट हुने नगरपालिकाका प्रवक्ता जमशेर राईले बताउनुभयो ।

धनकुटा नगरपालिकामा दुई हजार ७९६ घरधुरी भूकम्पपीडितमध्ये रु तीनलाख घर निर्माण अनुदान पाउने करिब ४२७ जना रहेको नगर कार्यपालिकाका कार्यकारी अधिकृत तीर्थप्रसाद धितालले बताउनुभयो ।

नगरको पहिलो बैठकबाट धनकुटा बजार क्षेत्रको सवारी पार्किङ व्यवस्थापन, राजश्व परामर्श, बजेट तर्जुमा, स्रोत अनुमान लगायतका १३ वटा समिति गठन गरेको धनकुटा नगरपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News