२७७ जना फरार अभियुक्त पक्राउ


 


गौशाला, साउन ६

महोत्तरी प्रहरीले आर्थिक वर्ष ०७३÷७४ मा २७७ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार महोत्तरी जिल्ला अदालतद्वारा वर्षौंदेखि विभिन्न मुद्दामा दण्ड, जरिवाना र सजाय लागेर भागिरहेका २७७ जनालाई प्रहरीले आव ०७३/७४मा पक्राउ गर्न सफल भएको हो ।

त्यस्तै, अदालतद्वारा विभिन्न व्यक्तिलाई ठेकिएको रु १० लाख १५ हजार २६३ जरिवानासमेत प्रहरीले असुलउपर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा प्रहरी उपरीक्षक राजकुमार लम्साल गत वैशाख ७ गते हाजिर हुने बित्तिकै सोही महिनादेखि जिल्लामा विशेष अभियान चलाएर महोत्तरी प्रहरीले फरार अभियुक्त पक्राउ, जरिवाना र कैद असुलीमा निकै सफलता प्राप्त गरेको छ । रासस

प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्