पहिरोले घर बगाउँदा तीन बर्षीया बालिकाको मृत्यु


 


डोटी, साउन ६
वर्षाका कारण आएको पहिरोले घर बगाउँदा डाटीमा एक तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।

शुक्रबार करिब २ बजेतिर आएको पहिरोले साबिकको छपाली बिनेपडा गाबिस र हालको सायल गाउँपालिका वडा नं. १ का हरिमल भुलको घर बगाएको हो । घर बगाउँदा उनकी ३ बर्षीया छोरी मनिसा भुलको मृत्यु भएको छ ।

गएराती साढे २ बजे पहिरो खसेको रातोपाटी सम्वाददाताले बताएका छन् । घरमुली हरिमल र उनकी श्रीमती जमुना भूलको भने अबस्था गम्भिर रहेको स्थानीय प्रेम नेपालीले बताए ।

राति सुतीरहेको अवस्थामा एक्कासी पहिरो आउँदा उक्त घटना भएको हो । हरिमलको ५ जनाको परिवारमा १ छोरा र १ छोरीलाई भने कुनै चोटपटक नलागेको बताइएको छ ।

घाइतेहरुलाई स्थानीय छपाली स्वास्थ्य चौकीमा प्राथमिक उपचारपश्चात धनगढी अस्पताल लगिँदै छ । घरमा चौपायाहरु सहित सिंगो घर नै भत्किएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्