राप्रपाको बैठकमा आज राणासंगै चन्द पनि अाएनन् , को–को भए अनुपस्थित ?


 



काठमाडौं, साउन ६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठकको अन्तिम दिनमा ठूला नेताहरु अनुपस्थित भएका छन् ।

नयाँबनेश्वरमा आज बिहानदेखि सुरु भएको बैठकमा बरिष्ठ नेता पशुपतिशम्शेर राणा उपस्थित भएका छैनन् । त्यस्तै, यसअघि उपस्थित भएका लोकन्द्रबहादुर चन्द पनि आज उपस्थित छैनन् ।

उनीसंगै बैठकमा उपस्थित नहुनेमा विश्वबन्धु थापा, हरिबहादुर बस्नेत, नवराज सुबेदी, रामकुमार सुव्वासहितका नेताहरू रहेका छन् ।
आज अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्रमाथि टिप्पणी गर्न बाँकी सदस्यहरूले बोलेर सकेपछि बैठक समापन हुनेछ ।

बैठक सक्नु अगाडि अध्यक्ष थापाले केन्द्रीय सदस्यहरूले उठाएका जिज्ञासाको जवाफ दिनु हुने केन्द्रीय सदस्य सगुन लावतीले जानकारी दिए ।

बैठकमा सरकारमा जान हुने वा नजाने तथा संविधान संशोधनलाई के गर्ने भनेर केन्द्रीय सदस्यहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।

 

प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्