पाँचसयको नक्कली नोटसहित एक व्यक्ति पक्राउ



राजविराज, साउन ६

पाँचसयको नकली नोटसहित राजविराज– १० निवासी मुकेश यादव पक्राउ परेका छन् ।

राजविराजबाट टेम्पु चढेर तिलाठीस्थित भारतीय बजार कुनौली पुगेपछि चालकलाई भाडा दिनका लागि स्थानीय एक पसलमा पैसा साट्न लाग्दा नोट नक्कली भएको थाहा भएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताउनुभयो ।

निज यादवलाई राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News