पूर्वराजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालबाट डिस्चार्ज


 


काठमाडौं, साउन  ६

मुटूमा समस्या आएर बुधबार नर्भिक अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज डिस्चार्ज गरिएको छ ।

मुटूमा समस्या देखिएपछि अस्पताल पुगेका शाहलाई चिकित्सकले अस्पतालनमा भर्ना हुन सल्लाह दिएका थिए ।

यसपट पनि उनको मुटूको एनजिओप्लाष्टी गरिएको छ । चिकित्सकहरुले केही दिन घरमै आराम गर्न शाहलाई सुझाव दिएको उनको निजी सचिवालयले जनाएको छ ।

पूर्व राजा शाहलाई लिन उनका छोरा पूर्व युवराज पारस अस्पताल पुगेका थिए। अस्पतालबाट डिस्चार्ज हुँदा शाहलाई अस्पतालका नर्स तथा शुभेच्छुकहरुले पुष्पगुच्छाले सत्कार गरेका थिए।

प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्