नागपञ्चमी र रक्षाबन्धन एकै दिन



काठमाडौं, साउन ७

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्ष नागपञ्चमी र रक्षाबन्धन एकै दिन परेको जनाएको छ । समितिका अनुसार साउन १३ गते नागपञ्चमी र रक्षाबन्धन परेको छ । आजको गोरखापत्रमा खबर छ ।

समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यो वर्ष साउन २३ गते सोमबार साउन शुक्ल पूर्णिमाका दिन अर्धरात्रि पूर्व खण्डग्रास चन्द्र ग्रहण भएकाले सो दिन गरिने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन साउन १३ गते शुक्रबारका दिन गर्न सूचित गरेको छ।

समितिका अनुसार विक्रम संवत् १९६३, १९८२, २०२८ र २०४७ सालमा पनि साउन शुक्ल पूर्णिमाका दिन ग्रहण परेको हुनाले साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का दिनमा नै उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन गरिएको थियो ।

समितिले स्वीकृत नगरेका केही पञ्चाङ्ग र विभिन्न सञ्चार माध्यममा यससम्बन्धी भ्रामक तथ्य तथा समाचार प्रकाशित भएको विज्ञप्ति मार्फत स्पष्ट पार्दै कुनै भ्रममा नपरी साउन १३ गते नै उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन गर्न सबैमा आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News