मालपोतका चार जना कर्मचारी घुससहित पक्राउ




भक्तपुर, साउन ७

भक्तपुर मालपोत कार्यालयका चार कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले शुक्रबार रु ५० हजार घुस लिएको अभियोगमा शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अधिकृत चक्रबहादुर श्रेष्ठ, नासु राजकुमार घिमिरे र दिनेश रेग्मी तथा खरिदार दुर्गा पोखरेल छन् । बागेश्वरीका एक सेवाग्राहीले आफ्नै तीन आनाको दुई टुक्रा जग्गाबाट भित्र रहेको अर्को जग्गामा जानका लागि बाटो राखी प्लट मिलान गर्नका लागि सबै प्रक्रिया पुर्याएर निवेदन दिएकामा अधिकृत श्रेष्ठले गलत नियतले दुःख दिन थालेपछि सेवाग्राहीले आयोगमा उजुरी दिएको थियो ।

सोही उजुरीका आधारमा आयोगको टोलीले कर्मचारीलाई ‘घुस रकम’सहित मध्यपुरथिमि–३ कौशलटारस्थित वेभ सेकुवा कर्नरबाट शुक्रबार साँझ ७ बजे पक्राउ गरेको हो ।

अधिकृत श्रेष्ठले सेवाग्राहीबाट रु ५० हजार लिएसँगै वेभ सेकुवा कर्नरमै जग्गाधनी पुर्जा सेवाग्राहीलाई दिएको र त्यसलगत्तै उनीहरुलाई आयोग टोलीले नियन्त्रणमा लिएको हो । अभियुक्त चारै जनालाई आयोगको नियन्त्रणमा राखिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News