भोजपुरका कैदीबन्दीलाई झुल वितरण


 


भोजपुर, अSAM_5300सार ३१
भोजपुर कारागारमा रहेका कैदीबन्दीलाई विहिबार विहान झुल वितरण गरिएको छ । झुल नहुँदा कैदीबन्दीलाई सुत्नमा समस्या भएपछि गैह् सरकारी संस्था महासंघ (गैसस) भोजपुरले झुल वितरण गरेको हो ।

महासंघले ६२ वटा पुरुष र आठवटा महिला कैदीबन्दीलाई झुल वितरण गरेको हो । विहान भएको एक कार्यक्रममा कैदीबन्दीहरुलाई प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले झुल वितरण गरेका थिए ।

कार्यक्रममा स्थानीय विकास अधिकारी, प्रहरी प्रमुख, गैससका प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको गैसस महासंघ भोजपुरका अध्यक्ष बलराम राईले बताए ।

प्रकाशित मिति: ३१ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्