अधिकार सुनिश्चितताका लागि ज्ञापन पत्र



11212432_694704000629215_1111728041_nभोजपुर, असार ३१

नयाँ संविधानमा दलित समुदायको अधिकार सुनिश्चितताको माग गर्दै मुक्ति समाज नेपाल जिल्ला कमिटि भोजपुरले बिहिबार ज्ञापन पत्र वुझाएको छ । समाजले राज्यका सवै निकायमा दलित समुदायको कम्तीमा १३ प्रतिशत अनिवार्य प्रतिनीधित्वको संवैधानिक व्यवस्था लगाएतको १० वुदे माग गरेको छ ।

समाजका अध्यक्ष् रविन शिवाको नेतृत्वको टोलीले नेकपा एमाले जिल्ला कमिटि भोजपुरका अध्यक्ष प्रेम कुमार राई मार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापन पत्र वुझाएको हो । उत्पीडित दलित समुदायका मुद्दाहरु प्रारम्भिक मस्यौदामा कटौति भएकाले उक्त सवालहरु नयाँ संविधानमा अनिवार्य रुपमा समावेश गर्न प्राथमिकतासाथ पहल गरिदिन आग्रह गर्दै पार्टी अध्यक्ष ओलीलाई ज्ञापन पत्र वुभाएको अध्यक्ष शिवाले वताए ।

ज्ञापन पत्र वुझ्दै अध्यक्ष राईले समाजले उठाएका दलित समुदायका माग जाहेज रहेको भन्दै संविधानमा समावेश गर्न पार्टीको महत्वपुर्ण पहल हुने विश्वास सहित ज्ञापन पत्र अध्यक्ष सम्म तत्काल पठाउने बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News