भोजपुरका भूकम्प पीडितले कति रकम पाए ?


 


भोजपुर, भदौ १३

जिल्लाका दुई हजार भुकम्प पीडितले मात्र पहिलो किस्ताको रकम वुझेका छन् । पहिलो चरणमा परेका ५ हजार ७  सय ४९ भूकम्प पीडितमध्ये २ हजार ८४ जनाले मात्र रकम पाएका हुन् ।

पीडितलाई  पहिलो किस्ता बापतको हालसम्म १० करोड ४२ लाख रकम  वितरण गरीएको छ । भुकम्प पिडितका लागी भोजपुर जिल्लामा २० करोड रकम आएको थियो ।

पीडितले गाउँपालिका र नगरपालिकाका वडाबाट सम्झौता गरेर आएपछि मात्र भुक्तानी गर्ने भएकोले वडा कार्यालयममा कर्मचारीको कमी भएको कारण वितरण कार्यमा ढिला भएकोे निजी आवास पुनः निर्माण जिल्ला समन्वय समितिका फोकल पर्सन धनकुमार राईले वताए ।

भोजपुरमा १० हजार ६ सय २४ घरपरिवार भूकम्प पीडित रहेका छन् । पहिलो चरणमा परेका पीडितहरुलाई रकम वितरणको लागि १० वटा बैंक तोकिएका थिए ।

जिल्लामा वैशाख २९ गते देखिमात्र सम्झौता गर्ने भनि पुन निमार्ण प्राधिकरणले निर्णय गरेकोले २ महिना मात्र काम गर्ने अवसर मिलेको राईको भनाई छ । पहिलो किस्ता बापतको रकम लिन  बाँकी रहेका पीडितले यो आर्थिक वर्ष भित्र रकम लिइसक्नु पर्ने छ ।

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्