खेत जोताइरहेका किसानको ट्याक्टरले किचेर मृत्यु



गौशाला, भदौ १३

महोत्तरी जिल्लाको गौशाला नगरपालिका– ११ लक्ष्मीनियाँमा ट्याक्टरले किचेर एक किसानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौशाला नगरपालिका–११ लक्ष्मीनियाँ बस्ने ७० वर्षीय महादेव यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

ना ४ त ८६४४ नम्बरको ट्र्याक्टर लगाएर सोमबार साँझ सोही ट्र्याक्टरको पछाडि बसेर आफ्नै खेत जोताइरहेका किसान महादेव यादवको खेतमै लडेर सोही ट्र्याक्टरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक कुवेर कठायतले बताउनुभयो ।

मृतक किसान यादवको शव परीक्षणका लागि गएराति जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने उनलाई किच्ने ट्र्याक्टर प्रहरी चौकी कान्तिबजारको नियन्त्रणमा रहेको जनाएको छ । साथै ट्र्याक्टरको चालक घटनापश्चात् फरार रहेको प्रहरी उपरीक्षक कठायतले बताउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News