बेपत्ता किशोरी अझै फेला परिनन्



बैतडी, भदौ १५

चमेलिया नदीमा बेपत्ता भएकी एक किशोरी नौदिनसम्म पनि फेला पर्न सकेकी छैनन् ।

भदौ ७ गते बिहान ८ बजेतिर बैतडीको डिलाशैनी गाउँपालिका वडा नं २ कँडै बस्ने १७ वर्षीया सुनिता दमाईं चमेलिया नदीमा बेपत्ता भएकी हुन् ।

घरबाट पसल खोल्न जान्छु भनेर हिँडेकी सुनिता एक्कासि चमेलिया नदीमा बेपत्ता भएको खबर आएको थियो । बेपत्ता किशोरीको खोजी कार्य जारी रहेको भएपनि हालसम्म फेला नपरेकी जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News