भोजपुर क्याम्पसका कर्मचारीले एक दिनको तलब बाढी पीडितलाई दिने


 


भोजपुर, भदौ १५
त्रि.वि. कर्मचारी संघ भोजपुर क्याम्पस इकाइ समितिले क्याम्पसमा कार्यरत सबै कर्मचारीहरुको एक दिन बराबरको तलब बाढीपीडितको लागि सहयोग गर्ने भएको छ ।

श्रावण २७ गतेदेखि २९ गतेसम्म तराईका विभिन्न जिल्लाहरुमा आएको बाढी पहिरोले धनजनको क्षती भएको भन्दै त्रिवि कर्मचारी संघ, केन्द्रिय समितिले गत श्रावण ३१ गते देशभर कार्यरत कर्मचारीहरुबाट सहयोग गर्न आव्हान गरेको थियो ।

सोही आव्हान बमोजिम भोजपुर क्याम्पस इकाइ समितिका सभापति भीमप्रसाद राईको अध्यक्षतामा बसेको सोमवारको बैठकले क्याम्पसमा कार्यरत १५ जना कर्मचारीहरुबाट एक दिन बराबरको करिब ११ हजार ५ सय रुपैया बराबर सहयोग संकलन गरी त्रिवि कर्मचारी संघ केन्द्रिय समितिमार्फत पठाउने निर्णय भएको भोजपुर क्याम्पसले जनाएको छ ।

प्रकाशित मिति: १५ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्