विद्यालयलाई सेवा दलको अनुमति, सेनाले दिन थाल्यो विद्यार्थीलाई तालिम



झापा, भदौ १७

यहाँका पाँच सामुदायिक तथा निजी विद्यालयले राष्ट्रिय सेवा दलको अनुमति पाएपछि कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीलाई तालीम दिन थालेका छन् ।

काँकडभिट्टा मावि, बलभद्र जनता मावि, लिटल फ्लावर्स बोर्डिङ स्कुल, वीरेन्द्र नमूना मावि र शहीद धर्मभक्त मावि केर्खाले अनुमति पाएपछि ७९ दिने तालीम सञ्चालन गर्न लागिएको हो ।

नेपाल सरकारको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष विद्यार्थीको व्यक्तित्व विकास गराउँदै युवामा नेतृत्व विकास गराउने लक्ष्यका साथ तालीम आयोजना गरिँदै आएको छ जसमा शिक्षा मन्त्रालयले विद्यालयसँग सहकार्य गर्ने गरेको छ भने रक्षा मन्त्रालयको मातहतमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।

गत साउन २२ गतेदेखि अनुमति पाएका विद्यालयमा औपचारिक रुपमा शुरु गरिएको तालीममा प्रत्येक विद्यालयका कक्षा ८ र ९ का १८– १८ छात्रा सहभागी छन् । तालीममा प्राविधिक सहयोग कालीबहादुर गण चारआलीबाट प्राप्त भएको छ ।

तालीमबाट विद्यार्थीलाई अनुशासन, राष्ट्रिय एकताको भावनाको जागृति तथा सामाजिक क्षेत्रमा काम गर्न सक्ने सक्षम नागरिक निर्माण गर्न सकिने काँकडभिट्टा माविका प्रअ तुलसीप्रसाद निरौलाले बताउनुभयो ।
तालीम लिएपछि उनीहरुलाई २१ दिनका लागि शिविरमा सहभागी गराइने प्रशिक्षक श्याम कर्माचार्यले बताउनुभयो । शिविरमा हरेक जिल्लाका विद्यार्थीले नृत्य, गायन, कवाज, पिटी, दौडलगायतमा प्रतिस्पर्धा गर्नेछन् । यसैगरी देशभरबाट उत्कृष्ट हुने विद्यार्थीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News