कुटोले हिर्काएर युवकको हत्या



पाल्पा, भदौ १८

रामपुर नगरपालिका–४ देवीस्थानमा शनिबार साँझ एक युवकको हत्या भएको छ। हत्या हुनेमा रामपुर चिहानडाँडाका २८ वर्षीय ओमबहादुर खाँण रहेका छन्।

खाना खाएर गल्लीमा बसिरहेको अवस्थामा एक्कासी धारिलो हतियार प्रयोग गरी हत्या भएको हो। हत्यापछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरी अस्पताल पुर्‍याए पनि उनको बाटैमा मृत्यु भएको थियो।

कृष्णकमल चौधरीले कुटोले हिर्काएर उनको हत्या गरेको बुझिएको छ। पाल्पाका प्रहरी उपरीक्षक डिल्लीरमण पन्तले अभियुक्तको खोजी भइरहेको बताए। रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News