रामप्रसाद राई प्रतिष्ठानद्वारा पूर्वका बाढीपीडितलाई आर्थिक सहयोग


 


मोरङ, भदौ १९
मोरङमा बाढी र पहिरोमा परि ज्यान गुमाउनेहरुको परिवारलाई रामप्रसाद राई स्मृती प्रतिष्ठानले राहत रकम वितरण गरेको छ । मोरङ जिल्लामा ज्यान गुमाउने १२ जनाकै घरपरिवारमा पुगेर प्रतिष्ठानका पदाधिकारीहरुले समवेदना सहित नगद १५ हजारका दरले आर्थिक सहयोग गरेका हुन् ।

प्रतिष्ठानकी अध्यक्ष सांसद् तारा राईको नेतृत्वमा गएको टोलीले स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र संचारकर्मीहरुको उपस्थितिमा मृतक परिवारको घर–घरमा पुगेर राहत रकम वितरण गरेको हो ।

प्रतिष्ठानले सुनसरी इटहरीकी २ सन्तान गुमाउने माया राईलाई समेत नगद १० हजार राहत प्रदान गरेको छ । प्रतिष्ठानले विराटनगर मिल्स एरियाकी पद्मा राईको परिवारलाई १५ हजार, विराटनगर १ परोपकार घाटका लालबहादुर श्रेष्ठको परिवारलाई ६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको प्रतिष्ठनकी अध्यक्ष एंव सांसद तारादेवी राईले बताउनुभयो ।

यस्तै १४ किलोमिटर बाढीमा बगेर बाँच्न सफल सुनसरी इटहरीकी सानुमाया राई, आफूसहित ४ जनाको ज्यान जोगाउन सफल इटहरी–४ की माकिम राई र १० घण्टाको सुत्केरी भएर पनि अरु ३ जनाको ज्यान बचाएर आफु पनि बाँच्न सफल इटहरीकै राधिका राईलाई साहसको कदर गर्दै जनही १० हजार रकम प्रदान गरिएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्