म्याग्दीका ९ गाउँका बासिन्दा पाँच दिनदेखि अँध्याराेमा



म्याग्दी, भदौ १९

म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा पाँच दिनदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति बन्द भएको छ ।

प्रसारण लाइनमा खराबी आएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा गत बिहीबारदेखि विद्युत् आपूर्ति हुन नसकेको हो । विद्युत् सुविधाको अभावमा बेग, दोवा, राम्चे, हिस्तान, भुरुङ तातोपानी, शिख, घार, दाना र नारच्याङका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

पर्यटकीयस्थल घोडेपानी, भुरुङ तातोपानी, दानाका होटल व्यवसायीसमेत विद्युत् अभावमा प्रभावित बनेको होटल व्यवसायी इन्द्रसिंङ शेरचनले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणले मर्मतमा ढिलाइ गर्दा उपभोक्ता मर्कामा परेको उहाँले गुनासो गर्नुभयो ।

प्राधिकरण बेनी वितरण केन्द्रले खराबी भएको ठाउँ पत्ता लगाउन नसकिँदा मर्मतमा ढिलाइ भएको बताएको छ । तिल्केनीचौरदेखि मिलनचोक सवस्टेशनसम्मको प्रसारण लाइन परीक्षण गरेपछि खराबी पत्ता लाग्ने र मर्मत गरी विद्युत् आपूर्ति गराउन पहल भइरहेको केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News