भोजपुरमा पहिलो किस्ताको रकम निकासा, कुन स्थानीय तहमा कति ? (सबै सूचिसहित)


 


भोजपुर, भदौ १९
भोजपुरको स्थानीय तहमा पहिलो किस्ताको रकम निकास भएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा पहिलो किस्ता बापतको रकम निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालय भोजपुरले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रक इश्वरी प्रसाद देवकोटाले दिएको जानकारी अनुसार भोजपुर नगरपालिकामा ११ करोड, ५३ लाख, ४८ हजार, षडानन्द नगरपालिकामा १२ करोड ९८ लाख, ९४ हजार पहिलो किस्ता बापतको रकम निकासा भएको हो ।

त्यस्तै अरुण गाउँपालिकामा १० करोड १३ लाख, ४० हजार, आमचोक गाउँपालिकामा ८ करोड, ८७ लाख ६७ हजार, ट्याम्के मैयुङ गाउँपालिकामा ९ करोड, २१ लाख ५२ हजार, पौवादुङ्मा गाउँपालिकामा ७ करोड २२ लाख ११ हजार, रामप्रसादराई गाउँपालिकामा ८ करोड, ७३ लाख, १३ हजार, साल्पासिल्छिो गाउँपालिकामा ७ करोड, ४३ लाख, ६ हजार र हतुवागढी गाउँपालिकामा ८ करोड ८८ लाख, ३३ हजार रकम निकासा भएको हो ।

यो पहिलो किस्ताको रकम झण्डै डेढ महिनापछि निकासा भएको हो । यहाँका स्थानीय तहले समयमै बैंक खाता नम्बर नपठाएकोले केही ढिला भएको कार्यालयको भनाई छ ।

स्थानीय तहमा तिन चरणमा रकम निकासा हुनेछ । यो पहिलो किस्ता हो भने, बाँकी दुई किस्ता मंसिर र चैत्र महिनामा निकासा हुन्छ । स्थानीय तहमा निकासा भएको यो रकम केन्द्रबाटै प्राप्त कुल बजेटको एक तिहाइ हो ।

भोजपुरका स्थानीय तहको कुल बजेट यस्तो छ

भोजपुर नगरपालिका ३४ करोड ६० लाख ४५ हजार

षडानन्द नगरपालिका ३८ करोड ९६ लाख ८३ हजार

अरुण गाउँपालिका ३० करोड ४० लाख

आमचोक गाउँपालिका २६ करोड ६३ लाख

ट्याम्के मैयुम गाउँपालिका २७ करोड ६४ लाख

पौवादुंमा गाउँपालिका २१ करोड ६६ लाख

रामप्रसादराई गाउँपालिका २६ करोड १९ लाख

साल्पासिलिछो गाउँपालिका २२ करोड २९ लाख

हतुवागढी गाउँपालिका २६ करोड ६५ लाख

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्