घरमै राखेको कारमा आगजनी


 



काठमाडौं, भदौ २२
नवलपरासीको कावासोती नगरपालिका–३ थकालीचोकमा घरमा राखेको कारमा अज्ञात समूहले आगजनी गरिदिएका छन् ।

आफ्नै घरमा राखेको अवस्थामा कर्णबहादुर थापाको बा १४ च ५२३९ नम्बरको कारमा आगजनी गरिएको हो । आगजनीबाट कारको पछाडिको भाग जलेर क्षति भएको इलाका प्रहरी कार्यालय, नवलपुरले जनाएको छ । आगजनी कसले र किन गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्