निजामती सेवा दिवसमा भोजपुरका को–को कर्मचारी सम्मानित भए ?
भोजपुर, भदौ २२
निजामती सेवा दिवस—२०७४ को अवसरमा भोजपुरका उत्कृष्ट कर्मचारी सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा जिल्ला खानेपानी कार्यालयका प्रमुख रामपुकार साफी, महिला विकास निरीक्षक राधिका गौतम, जिल्ला प्रसासन कार्यालयका कार्यालय सहयोगी राम तामाङ तथा सेवानिवृत्त छजना कर्मचारीसहित नौजना कर्मचारी सम्मानित भएका हुन् ।
निजामती सेवा दिवस मूल समारोह समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी चेतराज बरालले उत्कृष्ट तथा सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीलाई कदरपत्रले सम्मान गरेका थिए।
‘निजामती कर्मचारीको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूलनाराका साथ आज निजामती कर्मचारी दिवस मनाइदैछ । यो दिवसको अवसरमा निजामती कर्मचारीलाई सार्वजनिक बिदा समेत दिइएको छ ।
प्रकाशित मिति: २२ भदौ २०७४, बिहिबार
















