पौडी खेल्ने क्रममा भोजपुरमा एक बालकको ज्यान गयो


 


भोजपुर, भदौ २२
पौडी खेल्ने क्रममा भोजपुरमा एक बालकको मृत्यु भएको छ । पौवादुम्मा गाउँपालिका –१ श्यामशिलाका धन वहादुर तामाङ्गका १२ वर्षिय छोरा निरज तामाङ्गको ज्यान गएको प्रहरीले जनाएको छ ।

भोजपुर सदरमुकामको सगरमाथा वोर्डिङ्ग कक्षा ७ अध्यनरत बालकको भोजपुर नगरपालिका वडा नं ९ र १० को सिमनामा रहेको नागदह खोलामा पौडी खेल्ने क्रममा ज्यान भएको प्रहरीको भनाई छ । बालक परीक्षा दिएर घर फर्कने क्रममा साथीसंग पौडी खेल्न गएका थिए ।

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्