गाउँपालिकाको नाम संशोधन सहित ट्याम्के मैयुङ गाउँपालिकाको बजेट २७ करोड ६४ लाख
भोजपुर, भदौ २३
सडक र विद्युत्लाई पहिलो प्राथमिकता दिँदै टेम्केमैयुङ गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको पूर्वाधार निर्माणअन्तर्गत सडक र विद्युत्लाई पहिलो प्राथमिकतामा राखी गाउँसभाले बजेट विनियोजन गरेको छ ।
गाउँसभाले सडकमा पाँच करोड ९ लाख ७० हजार, विद्युत्मा एक करोड ३८ लाख ३० हजार र गाउँपालिका स्तरीय मध्यम तथा साना पूर्वाधारमा एक करोड ७५ लाख बजेट विनियोजन गरेको टेम्केमैयुङ गाउँपालिका–५ खावाका वडाअध्यक्ष एंव प्रवक्ता सुनिल राईले जानकारी दिए ।
गाउँपालिकालार्ई यस आर्थिक वर्ष २०७४/७५ का लागि कुल २७ करोड ६४ लाख बजेट प्राप्त भएको छ । गाउँसभाले गाउँपालिकाको नाम यसअघिको ट्याम्केमैयुमलाई संशोधन गरी ‘टेम्केमैयुङ’ नामाकरण गर्ने महत्वपूर्ण प्रस्ताव पारित गरेको गाउँपालिका अध्यक्ष धुर्बराज रार्इले जानकारी दिए । गत भदौ ५ गतेदेखि शुरु भएको परिषद् बिहीबार सकिएको हो ।
प्रकाशित मिति: २३ भदौ २०७४, शुक्रबार
















