तीन दिनपछि लञ्च हुने आइफोन–८ को मूल्य कति हो ? यस्ता छन् विशेषता


 


एजेन्सी, भदौ २४
अबका तीन दिनपछि अर्थात सेप्टेम्बर १२ मा बहुप्रतीक्षित एप्पल कम्पनीको मोबाइल फोन एप्पल–८ सार्वजनिक हुँदैछ । एप्पलले यो आइफोन–८ क्यालिफोर्नियास्थित स्टिभ जब्स अडिटोरियममा एक भव्य समारोहकाबिच लञ्ज गर्देछ ।

अमेरिकी समय अनुसार दिउँसो १२ बजे देखि सुरु हुने समारोहमा आइफोन–८ सँगै अन्य डिभाइस, टिभी र एप्पलका घडीहरु समेत सार्वजनिक हुँदैछन् ।

आइफोन एटमा एज टू एज डिस्प्ले, अनुहार पहिचान गर्नसक्ने प्रविधि जडान गरिएको छ । आइफोन एटको मूल्य ६४ जीबी स्टोरेज क्षमता भएकोलाई करबाहेक ९ सय ९९ सय डलर पर्ने बताइएको छ ।

त्यस्तै २५६ जीबीको मोडलको १ हजार ९९ डलर र ५ सय १२ जीबी मोडलको ११ सय ९९ डलर राखिएको विभिन्न पत्रपत्रिकाहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: २४ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्