जब देउवाले आफ्नै नामको किर्तिमान यसरी तोडे (हेर्नुहोस तस्बिर)


 


काठमाडौं, भदौ २६
प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौँपटक मन्त्रिमण्डल विस्तार गरेका छन् । अब मन्त्रिमण्डलको संख्या ५४ सदस्यीय पुगेको छ । यो इतिहासकै सबैभन्दा जम्बो मन्त्रिमण्डल हो । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारमा सहभागी तीन जना मन्त्रीलाई देउवाले थपेका हुन ।

यसअघि पनि देउवाले नै जम्बो मन्त्रिमण्डल बनाएर रेकर्ड बनाएका थिए । अचम्म के भने देउवाका नाममा रहेको रेकर्ड कसैले तोड्न सकेनन् बरु आफैले नयाँ किर्तिमान राखेका छन् ।

देउवा राम्रो काम गरेर किर्तिमान भन्दा पनि नराम्रो काममा सधै किर्तिमान कायम राख्न तल्लिन देखिन्छन् । भूकम्प पीडित र बाढी पीडितलार्इ राहत दिन नसकेका देउवा मन्त्री थप्न मात्रै सक्रिय छन् । देउवाको यो कदम जनविरोधी भन्दै सर्वत्र विरोध र आलोचना भइरहेको छ ।

प्रकाशित मिति: २६ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्