Deshko News
१४ आश्विन २०८०, आइतबार

मतपत्रसम्बन्धी मुद्दाबारे सर्वोच्चले भोलि निर्णय सुनाउने



काठमाडौँ,  असोज ३१

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि अलगअलग दुई वटा मतपत्र बनाउनुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदनको निर्णय सर्वोच्च अदालतले बुधबार (भोलि) सुनाउने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बधुबार निर्णय सुनाउने भएको हो ।
राष्ट्रिय जनता पार्टी (राजपा) उपाध्यक्ष एवं संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई यही असोज २२ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपत्र अलगअलग दुई वटा बनाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो ।

सो निवेदनमाथि यही असोज २४ गते सुनुवाइ भएर कारण देखाउ आदेश जारी गरी आजका लागि छलफलमा बोलाइएको थियो ।

निर्वाचन आयोगले भने एउटै मतपत्रमा संघकोे माथि र प्रदेशको तल पर्नेगरी मतपत्रको नमूना तयार गरेको छ भने समानुपातिकतर्फको मतपत्र छापिसकेको छ । रासस

प्रकाशित मिति: ३१ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News