यसरी हुने भयो कर्मचारी समायोजन, मन्त्रालयले थाल्यो गृहकार्य



काठमाडौँ, असोज ३१
राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन ऐन–२०७४ प्रमाणीकरण गरेसंगै संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि सामान्य प्रशासन मन्त्रालयले गृहकार्य थालेको छ ।

ऐन प्रमाणीकरण भएपछि छ महिनाभित्र तीनै तहको संगठनात्मक संरचना बनाउन कार्यदल गठन गर्ने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताउनुभयो ।

गठित हुने विज्ञसहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले छ महिनाभित्र कुन तहमा कति कर्मचारी आवश्यकपर्ने भनेर निक्यौल गर्ने उहाँले बताउनुभयो ।

सर्वेक्षण समितिले समायोजनको नियमावलीसमेत बनाउनेछ । समितिले बनाएको नियमावलीको मापदण्डका आधारमा कर्मचारी तीनै तहमा समायोजन हुनेछ । उहाँले समितिले तयार पारेको आधारमा छ महिनाभित्र तीनै तहमा कर्मचारी समायोजन हुनेछन् ।

कर्मचारीलाई कार्यरत पदको ज्येष्ठताका आधारमा संघ, प्रदेश र स्थानीय तहमा रोजाइका आधार र स्थायी बसोबासका आधारमा समायोजन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News