प्रधानमन्त्री देउवाले यसरी लगाए बहिनीबाट भाइटीका (फोटो फिचर)


 


काठमाडौँ, कात्तिक ४

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी बहिनी दुर्गादेवी चन्दबाट टीका लगाउनुभयो ।

उहाँले भाइटीका पर्वको उपलक्ष्यमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साइतमै बहिनी चन्दबाट टीका ग्रहण गर्नुभएको हो ।

टिका लगाइदिएपछि बहिनी चन्दले प्रधानमन्त्री देउवालाई कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्नुभयो ।

संविधान कार्यान्वयनसँगै मुलुकमा स्थायी शान्ति र आर्थिक विकासतर्फ केन्द्रित हुन समेत सबै राजनीतिक दलका नेतालाई उहाँले आह्वान पनि गर्नुभयो ।

प्रकाशित मिति: ४ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्