छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै ब्रतालु भक्तजनहरु(फाेटाे फीचर)


 


काठमाडौं,  कात्तिक ९

तराईवासी नेपालीको महापर्व छठको आज मूख्य दिन निरहार व्रतालुहरुले आज बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।

नदी, तलाउ तथा पोखरी किनारमा बनाइएका छठ घाटहरुमा व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेका छन ।

छठको अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीले काठमाडौंको कमलपोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिनुभएकाे छ ।

भोलि बिहान उदयमान सूर्यलाई दोश्रो अर्घ चढाए पछि छठ पर्व सम्पन्न हुनेछ ।

 

संसार लाई जीवन दिने भगवान भाष्कर (सूर्य देव) लाई विधि पूर्वक यस पर्वमा पूजा गर्ने गरिन्छ ।

तस्वीर ः रासस

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्