श्वेता भन्छिन्-नेपाली फिल्म क्षेत्रमा काम गर्न चाहन्छु


 


swta khadakaकाठमाडौं, साउन २५

अभिनेत्री श्वेता खड्काले नेपाली फिल्मलाई निरन्तरता दिने बताएकी छन् । ‘नेपाली फिल्म क्षेत्रमा काम गर्न चाहन्छु । शोकले गर्दा बिचमा टुटेको थिए । त्यसैले उपचार गराउन केहीसमय अमेरिकामा थिए,’उनले भनिन्,’केही समय लागेपनि फिल्मलाई निरन्तरता दिनेछु ।’

गत साउन २४ मा अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको थियो । नेपाली फिल्म क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरुलाई श्रीकृष्ण श्रेष्ठ सम्मान र पुरस्कारबाट सम्मानित गरिएको छ । अभिनेता श्रीकृष्ण श्रेष्ठको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सूचना तथा संञ्चारमन्त्री मृग्रेन्द्र रिजालले मरणाेप्रान्त निर्देशक शिव रेग्मीलाई ‘श्रीकृष्ण विशिष्ट सम्मान’ प्रदान गरे ।

५१ हजारसहित सम्मान स्वर्गीय निर्देशक रेग्मीकी श्रीमती ज्ञानु रेग्मीलाई प्रदान गरिएको थियो । त्यस्तै अभिनेता शिव रेग्मीले एक लाख ११ हजारको श्रीकृष्ण कला पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा स्वर्गीय अभिनेता श्रेष्ठमाथि तयार गरिएको ‘सम्झनामा श्रीकृष्ण’ नामक डकुमेन्ट्री समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा गत माघ १५ मा अभिनेत्री श्वेता खड्काको संरक्षकत्वमा स्थापना भएको श्रीकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको औपचारिक परिचय समेत गरिएको थियो । अभिनेता श्रेष्ठमाथि लेखिएको ‘अमर नायकको सम्झनामा’ नामक कृति समेत विमोचन गरियो । लेखक श्याम स्मृतले लेखेको पुस्तकलाई बुक आर्ट नेपालले बजारमा ल्याएको छ । कार्यक्रमको आयोजना श्रीकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले गरेको थियो ।

प्रकाशित मिति: २५ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्