रुँदै यसो भन्छिन् श्वेता (भिडियो सहित)


 


नेपाली फिल्मका अभिनेता श्रीकृष्ण श्रेष्ठको पहिलो वार्षिकीमा श्रीकृष्ण पत्नी स्वेताले आफूले उक्त बज्रपातलाई अझै बिर्सन नसकेको बताएकी छन्। श्रीकृष्ण स्मृति प्रतिष्ठानले गरेको पहिलो वार्षिकीको कार्यक्रममा उपस्थित स्वेताले आफू उक्त चोटबाट अझै निस्कन नसकेको बताएकी हुन्। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भावविव्हल भएकी स्वेताले पीडा विर्सन नसके पनि अझै आफूले हिम्मत नहारेको बताइन्।

बोल्ने क्रममा उनले श्रीकृष्णलाई बिर्सेको कुनै क्षण नभएको बताइन्। बोल्न सुरू गरेदेखि आँखा टिलपिल पारेकी स्वेताले धेरबेर सम्हालन सकिनन् र भक्कानिदै आफ्ना कुरा राखिन्। करिब नौ मिनेट बोलेकी स्वेताले रूँदै भनिन, ‘मलाई था छ उहाँलाई म रोएको मनपर्दैन्। उहाँले मलाई सधैँ हिम्मत गर तिमी कमजोर नारी होइनौ। घरमा बसेर काम गर्ने होइन्। विवाह पछि तिमी एकदम स्ट्रङ हुनुपर्छ। मेरो सम्पूर्ण काम सम्हाल्नुपर्छ भनिसिन्थ्यो। सायद मलाई चाँडै छाड्नलाई रैछ उहाँले मलाई इन्डाइरेक्ट रूपमा सम्झाउनु भएको रै’छ।’

कार्यक्रमको पहिलो चरणमा श्रीकृष्णको सम्झनामा एक वृत्तचित्र देखाइएको थियो। स्वेता उक्त वृत्तचित्र हेर्दाहेर्दै उठेर हिँडेकी थिइन्। अगाडि बोल्ने क्रममा उनले यस्तो पनि भनिन्, ‘आज भगवानले जुन दु:ख दियो, अन्याय गर्‍यो उहाँलाई मलाई छुट्यार। मलाई ठूलो चोट पुर्‍यायो। १२ जना दाजुभाइको सबैभन्दा कान्छो भाइ। सम्पूर्ण इन्ड्रष्ट्रीलाई, नेपाललाई, मलाई, आमालाई रूवायो। त्यो अन्याय सहने हिम्मत अझ पनि आएको छैन्।’

उनले पीडाको क्षणमा सबेले दिएको हौसला र साथका लागि धन्यवाद दिँदै ‘मसँग अझै हिम्मत मरेको छैन्। उहाँका बाँकी सपना पूरा गर्छु’ भनिन्।

सेतोपाटीबाट लिएको यो सामग्रीको भिडियो हेर्नुहोस्

प्रकाशित मिति: २६ श्रावण २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्