तिआन्जिन शहरमा ‘ठूलो’ विष्फोट



bisfotबेइजिङ, साउन २८

चीनको उत्तरी तिआन्जिन बन्दरगाह शहरमा एउटा गोदाममा भएको ठूलो विष्फोटमा कम्तीमा १७ जनाको ज्यान गएको छ। विष्फोटमा परेर चार सय जनाभन्दा बढी घाइते भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार बन्दरगाह क्षेत्रमा खतरनाक र रासायनिक सामानहरु राखिएको गोदाममा विष्फोट भएको थियो। फोटो र सामाजिक सञ्जालहरुमा राखिएका भिडिओमा आगो बलिरहेको देखिन्छ।

विष्फोटका कारण वरपरका भवनहरु ध्वस्त भएका छन्। समाचारहरुमा जनाइएअनुसार अस्पतालहरु हताहत हुने मानिसले भरिएका छन्।

बीबीसी चिनियाँ सेवाका सम्पादक रेमण्ड ली भन्छन्- घटना हेर्दा यो एउटा औद्योगिक दुर्घटना हो। चिनियाँ सरकारी टेलिभिजन सीसीटिभीका अनुसार विष्फोटक पदार्थले भरिएको एउटा मालबाहक साधनमा विष्फोट भएको थियो।

यद्यपि त्यसको पुष्टि हुन बाँकी छ। पहिलो विष्फोट राति साढे ११ बजे भएको थियो र त्यसको केही समयपछि दोस्रो विष्फोट भएको थियो।

धेरै किलोमिटर टाढासम्म विष्फोटका कारण कम्पन भएको थियो।  त्यसपछि नजिकै अरु विष्फोट पनि भएका थिए।

सीसीटिभीका अनुसार चार सयभन्दा बढी मानिसहरु घाइते भएका छन्। उनीहरुमध्ये ११ जनाको अवस्था गम्भीर रहेको तिआन्जिन नगर सरकारले जनाएको छ।

सीसीटिभीका अनुसार विष्फोट भएको कयौं घण्टापछि घरहरु जलिरहेका छन् र आगो नियन्त्रणमा लिने प्रयासमा रहेका सय वटा दमकलहरु देखिएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News