एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त



लण्डन । लेबर पार्टीका नेता एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। गत शुक्रबार पार्टी नेतृत्वमा निर्वाचित भएका बर्नहमले सर किअर स्टार्मरलाई प्रतिस्थापन गर्दै देशको ५९औँ प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका हुन्।

बकिङ्गम दरबारका अनुसार राजा चाल्र्सले बर्नहमलाई नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् र उनले उक्त प्रस्ताव स्वीकार गरेका छन्।

यसअघि प्रधानमन्त्री तथा लेबर पार्टीका नेता रहेका स्टार्मरले सोमबार औपचारिक रूपमा राजीनामा दिएका थिए। पद छोड्ने क्रममा उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण सहयोग रहने बताएका छन्।

ग्रेटर म्यान्चेस्टरका पूर्व मेयरसमेत रहेका बर्नहमले आफ्नो नेतृत्वमा सर्वसाधारणको जीवनस्तर सुधार, आर्थिक पुनरुत्थान र राजनीतिक स्थायित्वलाई प्राथमिकता दिने बताएका छन्।

डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै उनले नयाँ राजनीतिक र आर्थिक दृष्टिकोणमार्फत देशलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्