आत्मघाती हमलामा गृहमन्त्रीको निधन


 


sujaकराँची, साउन ३१

पाकिस्तानमा भएको एक आत्मघाती हमलामा पन्जाबका गृहमन्त्री सुजा खानजादाको निधन भएको छ। हमलामा गृहमन्त्री सुजा खानजाद सहित अन्य ६ जनाको समेत मृत्यु भएको छ।

अटकको सादिखान गाउँमा सुजा खानजादाको कोठामा बैठक चलिरहेको समयमा विष्फोट भएको रावलपिन्डे प्रहरीले जनाएको छ। सरकारी सञ्चारमाध्यमका अनुसार विष्फोटको समयमा त्यहाँ ५० मानिस थिए। घाइतेलाई अस्पताल लैजानको लागि हेलिकोप्टर प्रयोग गरिएको थियो।

उनले चरमपन्थी समूहका विरुद्ध विशेष अपरेसन सुरु गरेका थिए। अघिल्लो महिना मात्र पन्जाव प्रहरीले प्रतिवन्धित संगठन लश्कर-ए-झंगवीका नेतालाइ अपरेशनको क्रममा मारेको थियो। गृहमन्त्रीको राजनीतिक कार्यक्रममा विष्फोट भएपछि घरको छत खसेको प्रहरीले बताएको छ। एजेन्सी

प्रकाशित मिति: ३१ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्