जीवन सबको एउटै हो, तर कथा त बेग्लाबेग्लै (भिडियो सहित)


 


भोजपुर, साउन ३२

जीवन सबको एउटै हो, तर कथा त बेग्लाबेग्लाई

मन हाम्रो मिल्दामिल्दै नि, रहनुपर्‍यो एक्लाएक्लाई

यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नोस्टाल्जिया एल्बममा रहेको यो गीतको गायन, रचना तथा संगीत मनाेज साङ्साेनले गरेका हुन् । गीतको अंग्रेजी अनुवाद समेत भएको छ, जसको अनुवाद महेश पौड्यालले गरेका छन् ।

राज बान्तावाको छायांकनमा हेलोन राईले म्युजिक भिडियोको निर्दर्शन गरेका हुन् । नेपाली युवाहरुकाे अाकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा छाया‌कन भएको भिडियोमा प्रकाश शर्मा, सुनिल लिम्बु, जीना लिम्बु लगायतका कलाकारहरुकाे अभिनय रहेको छ । युफोनी प्रोडक्सन वितरक रहेको भिडियोको सम्पादन रबिन्द्र खड्का र संगीत संयोजन अामोस तामाङले गरेका हुन् ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: ३२ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्